पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

प्रधानमन्त्री ओली अस्वस्थ, सबै नियमित भेटघाट बन्द गरियो

२०८१ कार्तिक २०, मङ्गलवार १५:३८ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। सचिवालय स्रोतका अनुसार उनको रगत जाँचका लागि चिकित्सककोमा पठाइएको छ। 

सोमवारदेखि ज्वरो आएपछि ओली सरकारी निवास बालुवाटारमा आराम गरिरहेको उनको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि उनको नियमित भेटघाट सबै बन्द गरिएको छ।