काठमाडौं- काठमाडौंबाट धुलिखेल जाने सडक बिस्तारका क्रममा सडकमा खाल्डाखुल्डी भएको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल जान हेलिकप्टर प्रयोग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काभ्रेको धुलिखेल जान हेलिकप्टर प्रयोग गरेका हुन्।
शुक्रवार दिउँसो प्रधानमन्त्री ओली काभ्रेको धुलिखेल जानका लागि प्रयोग गरेको हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो । त्यसपछि फर्किने क्रममा अर्को हेलिकप्टरमा फर्किएका सैनिक स्रोतले बताएको छ ।
प्रधानमन्त्रीले काभ्रे जाँदा प्रयोग गरेको सेनाको एनए ०६७ हेलिकप्टरमा प्राविधिक समस्या देखिएको थियो। त्यसपछि नेपाली सेनाको एमआइ १७ हेलिकप्टर चढेर प्रधानमन्त्री ओली काठमाडौं फर्किएका हुन् ।