पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

आज दुई वटा समितिको बैठक बस्दै

२०८१ पौष १६, मङ्गलवार ०९:४७ बजे

काठमाडौं- आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ भने दिउँसो एक बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ।

अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ ।