एजेन्सी- तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ ।
“सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु भएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटना लगत्तै आत्महत्या गरेको जनाइएको छ।
सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ । मिजानले मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह रहेको जनाएको छ भने उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतङ्कवादविरुद्धको अपराध सम्बन्धी’ मुद्दाहरू हेर्न गरेको पनि बताएको छ ।