पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपलको सामना भारतसँग

२०८१ आश्विन १२, शनिवार ०६:५९ बजे

काठमाडौं- नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दै छ । 

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराहन्न १: ४५ बजेदेखि हुनेछ । 

नेपाल समुह बी मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो भने भारत समुह ए मा समुह विजेता बनेर सेमिफाइनल खेल्दै छ ।

नेपाल समुह चरणमा पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई ४-० र भुटानलाई २-१ ले पराजित गरेको थियो ।

त्यसैगरी समुह ए मा भारतले बंगलादेशलाई १-० र माल्दिभ्सलाई ३-० ले पराजित गर्दै समुह विजेता बनेको थियो।

आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि  पाकिस्तान र बंगलादेशबीच हुँदै छ ।