पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

मालपोत प्रमुख रसाइली सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ जेष्ठ ६, आइतवार १६:५९ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मालपोत प्रमुखसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध गैरकानूनी रूपमा व्यक्ति विशेषलाई लाभ पुर्‍याइ राज्यलाई हानी पुर्‍याएको दाबी गर्दै मुद्दा दायर गरेको हो।