पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

२०८१ आश्विन १८, शुक्रवार २१:२६ बजे

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको शुक्रबारको बैठकले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ। 

भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको हो। 

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बाढी र पहिरोबाट बढी प्रभावित भएका पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी काम गर्नुपर्ने गरी सिफारिस भएको जानकारी दिएका छन्।

अबको मन्त्रिपरिषद्ले उक्त घोषणा गर्ने तयारी गरेको छ। पछिल्लो विपदबाट २४२ जनाको मृत्यु भएको छ भने २२ जना अझै बेपत्ता छन्। 

देशको राजधानी जोड्ने धेरै जसो मुख्य सडकहरु झ्अझे अवरुद्द छन् भने झण्डै २५ अर्बको भौतिक सम्पत्ति क्षति भएको प्रारम्भिक अनुमान छ।