न्यूयोर्क- टि-ट्वान्टी विश्वकपको शनिवार राती भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई चार विकेटले पराजित गरेको छ।
न्यूयोर्कमा शनिवार भएको समूह डीको खेलमा नेदरल्याण्ड्सविरुद्ध दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामले टस जितेर पहिले फिल्डिङ रोजेका थिए।
डेभिड मिलरले ५१ बलमा ५९ रन बनाएर दक्षिण अफ्रिकाको खराब सुरुवातको वावजुद पनि चार विकेटको जित दर्ता गर्न मद्दत गरे।
१०४ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले १२ रनमा चार विकेट गुमाएको थियो तर मिलरको ट्रिस्टन स्टब्स (३३) सँगको साझेदारीले दोस्रो जीवन पाएको थियो।
यसअघि न्यूयोर्कको नासाउ काउन्टी स्टेडियममा शनिवार भएको समूह डीको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई २० ओभरमा ९ विकेट गुमाएर १०३ रनमा सीमित गर्दा ओटनियल बार्टम्यानले चार विकेट लिएका थिए।