पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

काँग्रेसले रविलाई प्रधानमन्त्री बनाउन नसकेपछि सहकारीको विषय उठायो- प्रधानमन्त्री

२०८० चैत्र २९, बिहीवार १२:३४ बजे

काठमाडौं- संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा अवरोध जारी राखेको बेला प्रधानमन्त्री दाहालले गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबन्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप लगाएका छन्।

यस बिषयमा थप स्पष्ट पार्दै दाहालले भने ‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन,’ 

बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘‘समिति रविलाई भनेर बन्दैन, त्यो बन्न सक्दैन ।’

प्रधानमन्त्री दाहालले काँग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति नबन्ने बताए ।