पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजिनामा

२०८० माघ २०, शनिवार १७:१९ बजे

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजिनामा दिएका छन् । 

बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् ।

गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजिनामा दिएका हुन । तर, उनले किन राजिनामा दिए ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन् ।

पछिल्लो समयमा बढदो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बिचमा भइरहेका असहमति र बिबाद देखा परेको थियो ।