पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

७३ मेघावाटको मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरू

२०८१ वैशाख ४, मङ्गलवार ०९:१५ बजे

काठमाडौं- सानिमा समूह अन्तर्गत निर्माण भएको मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ।

७३ मेगावाटको मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि आयोजनाबाट उत्पादित विद्युत् २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा प्रवाह गरिएको छ।

विद्युत् उत्पादन भएको औपचारिक जानकारी दिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गत शुक्रवार नै आयोजनास्थल पुगेका थिए ।

व्यवसायिक उत्पादनको लागि यस आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि नियमानुसार उत्पादन कर्ताले १५ दिनसम्म प्राधिकरणलाई निशुल्क बिजुली दिनुपर्छ ।

यससँगै देशमा विद्यमान उर्जा संकट समाधानमा हाललाई थप टेवा पुग्ने आयोजना प्रमुखको दाबी रहेकोछ।