पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना

२०८१ आश्विन २५, शुक्रवार २०:२२ बजे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । 

राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।