काठमाडौं- गाजामा पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा ६१ जनाको मृत्यु र २३१ जना घाइते भएको बताएको छ।
आफ्नो नियमित अपडेटमा हमासले गत वर्षको अक्टोबर ७ देखि हालसम्म इजरायलको हमलाबाट गाजामा ४२ हजार १२६ प्यालेस्टाइनीको मृत्यु र ९८ हजार ११७ प्यालेस्टाइनी घाइते भएको बताएको छ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १२ सय इजरायलीको हत्या गरेको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो।