काठमाडौं- गायिका रचना रिमालको स्वरमा नयाँ गीत 'यो युग बदल्न'लाई सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ। उक्त गीत हिजो मंगलवार बजारमा आएको हो।
गीतले देशको समग्र विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ। राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ। भिडिओ युट्युब च्यानलमा सार्वजनिक छ।