पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

सोलुखुम्बुमा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

२०८१ आश्विन १३, आइतवार १३:५६ बजे

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बिलामा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ।

सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिँउले गर्दा अलपत्र परेका सिंगापुरका लीन चून हेंग र ३ जना नेपाली नागरिकहरुलाई नेपाल प्रहरीले उद्धार गरेको जानकारी दिएको छ ।