पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

रौतहटको ईशनाथ-७ को वडा अध्यक्षमा कांग्रेसका खलिक विजयी

२०८१ मंसिर १७, सोमवार ०७:१९ बजे

रौतहट- रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक ६२७ मत ल्याउँदै विजयी भएका छन्। यसअघि यस वडामा एमालेका शेख अली उल्लाह विजयी भएका थिए। उनले अहिले विजयी भएका शेख अब्दुल खलिकलाई पराजित गरेका थिए।

आइतवार राति भएको मतगणना अनुसार खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

उनले ६२७ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे।

नेकपा एकीकृत समाजवादीका सदरे आलमले ४५२ मत पाएका छन्।