पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिँदै

२०८१ आश्विन २, बुधवार ०७:१० बजे

बिराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्।

विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

नेकपा माओवादी केन्द्रको समर्थनमा वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। माओवादी केन्द्रले भदौ १४ गते विश्वासको मत फिर्ता लिएपछि कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्।

यसअघि सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते कोशी सरकारबाट बाहिरिएको माओवादी केन्द्रले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।