काठमाडौं –नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो।
बैठकमा समसामयिक राजनीति र संसदको हिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन्।
बिशेषगरि आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ। आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्नेछ।