पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

वसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती

२०८१ आश्विन २४, बिहीवार १७:३६ बजे

काठमाडौं- गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा आज अपराह्न बाजागाजासहित भित्र्याइएको छ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान ढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याउने चलन छ ।

सो अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ समेत गरेको छ । फूलपातीको डोलीसहित नेपाली सेनाको टोलीले मंगल धुन पनि बजाएको थियो ।

बडा दशैंको सातौँ दिन घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने त्यसैलाई फूलपाती भनिन्छ ।