पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा शाक्य सहभागी

२०८१ आश्विन १०, बिहीवार ०७:५७ बजे

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री पत्नी  राधिका शाक्य पनि सहभागी भएकी छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा. जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी शाक्य सहभागी भएकी हुन् ।

न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन रहेका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।