पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

मिल्टन आँधीका कारण अमेरिकामा हालसम्म १६ जनाको मृत्यु

२०८१ आश्विन २५, शुक्रवार ०७:५१ बजे

एजेन्सी- बिनासकारी अवस्था सिर्जना गर्ल्ने अनुमान गरिएको मिल्टन आँधीका कारण अमेरिकामा हालसम्म १६ जनाको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रिय तुफान केन्द्रका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो।

अधिकारीहरूले आगामी दिनमा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने सम्भावना पनि व्यक्त गरेका छन्।

फ्लोरिडाको कानुन प्रवर्तन विभागले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्युजलाई मृत्युको संख्या पुष्टि गरेको छ।

फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ। अपार्टमेन्टमा करिब २००० मानिस बस्थे।

बुधवार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी आएको थियो। त्यसपछि धेरै क्षेत्र डुबानमा परेका छन्।

यसबाहेक ३० लाखभन्दा बढी घरमा विद्युत् बन्द भएको छ। फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पिउने पानी छैन।

मिल्टन आँधीले गरेको विनाशपछि अधिकारीहरूले पानी आपूर्ति बन्द गर्नुपरेको थियो।