एजेन्सी- इजरायलको एउटा बस स्टेसनमा आइतवार आक्रमण हुँदा गोली लागेर २५ वर्षीया महिलाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
बीबीसीका अनुसार दक्षिणी इजरायलको बिरशेबामा ‘संदिग्ध आतंकवादी हमला’ भएको प्रहरीले जनाएको छ।
इजरायलको एम्बुलेन्स सेवाले गोलीकाण्डमा घाइते भएका १० जनाको डाक्टरहरूले उपचार गरिरहेको बताएको छ।
आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ।
इजरायलमा यो हमला यस्तो बेला भएको हो, भोलि अर्थात् अक्टोबर ७ मा हमासले इजरायमा आक्रमण गरेको एक वर्ष पूरा हुँदै छ।
यो हमलापछि मात्र इजरायलले गाजामा हमासविरुद्ध आक्रमण सुरु गरेको थियो। त्यसयता इजरायल र हमासबीच युद्ध चलिरहेको छ।