पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

कोशी प्रदेशका पहाडी भूभागका केहि स्थानमा बर्षाको सम्भावना

२०८१ कार्तिक १३, मङ्गलवार ०६:५३ बजे

काठमाडौं- हाल देशभर पश्चिमी वायुको प्रभाव छ। त्यसैगरी देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मंगलवार बिहान देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागले गरेको छ। कोसी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोसमेत सम्भावना छ।