पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

बाग्लुङमा सरकारी पिकअप दुर्घटना, तीनजनाको मृत्यु

२०८१ भाद्र २८, शुक्रवार १०:५० बजे

बाग्लुङ- बाग्लुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

लोकमार्गमा रा.१.झ.२०० नं. को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मृत्यु हुनेमा २ जना महिला र एकजना पुरुष रहेका छन् । उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको छ ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।