काठमाण्डौं- चीनको दक्षिणपश्चिमी प्रान्त युनानमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं अझै बेपत्ता छन् ।
चीनको झाओतोङ सहरमा स्थानीय समय अनुसार बिहान ५ बजेर ५१ मिनेटमा सोमबार पहिरो गएको थियो ।
राष्ट्रपति सी जिनपिङले राहत तथा उद्धारको लागि आदेश दिएका छन्। ५ सय भन्दा बढी मानिसहरूलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ र लगभग एक हजार उद्धारकर्मीहरू घटनास्थलमा पठाइएको छ।
चिनियाँ उप-प्रधानमन्त्री झाङ गुओकिङले उद्धार कार्यको मार्गदर्शन गर्न एउटा समूहको नेतृत्व गरेको बताइएको छ।
सामाजिक सञ्जालमा साझा गरिएको भिडियो क्लिपहरूले उद्धारकर्ताहरू हिउँले ढाकिएको पहाडहरूको पृष्ठभूमिमा भग्नावशेषको थुप्रोमा हिंडिरहेको देखाइएको छ।
स्थानीयहरुले पहिरो जाँदा ठुलो भुकम्पको झट्का जस्तो गरि जमिन हल्लिएको अनुभव सुनाएको स्थानीय मिडिया किमि न्युजले प्रसारण गरेको छ ।