पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

खड्का कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

२०८० फाल्गुण २७, आइतवार २०:३९ बजे

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संखुवासभाका नेता दीपक खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान र नियमावली २०७६ को नियम ५६ (२) बमोजिम प्रतिनिधिसभाका सदस्य खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत जानकारी दिए।