पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

‘पूर्ण बहादुरको सारङ्गी’लाई दर्शकहरुको बलियो साथ, हलहरूले बढाए शो

२०८१ कार्तिक १९, सोमवार १४:२२ बजे

काठमाडौं- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अनपेक्षित रूपमा दर्शकको बलियो साथ पाएको छ ।

पहिलो दिन पाएका शो पनि हाउसफूल नभएको सिनेमाले दोस्रो दिनको मध्याह्नपछि देखि दर्शकको साथ पाएको हो । योसँगै फिल्म व्यावसायिक सफलतातर्फ उन्मुख भएको छ भने प्रत्येक शो हाउसफूल भएपछि हलहरूले शो थपिरहेका छन् । 

प्रत्येक मल्टिप्लेक्सले अहिले यो चलचित्रलाई सुरुका दिनमा दिएको शोमा दोब्बरभन्दा धेरै शो उपलब्ध गराएका छन् । 

‘पूर्ण बहादुरको सारङ्गी’ले बलिउडका ठूला दुई चलचित्र ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई पनि पछि पारेको छ । यी दुई चलचित्रले भन्दा ‘पूर्ण बहादुरको सारङ्गी’ले आज धेरै शो पाएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’मा दर्शकको उच्च चाप देखिएपछि हलहरूले राति अबेरसम्म शो निकालेका छन् । धेरैजसो शो फिलिङ फास्टमा गएपछि मध्यरातसम्मका शो ‘पूर्ण बहादुरको सारङ्गी’लाई हलहरूले निकालेका हुन् । 

यसैबीच, फिल्मको निर्माण संस्था सेभेन सिज सिनेमा तथा बाँसुरी फिल्म्सले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ लाई व्यापक शो समर्थन दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।