पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

२०८१ भाद्र २८, शुक्रवार ०७:२३ बजे

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको हो ।

बोर्डको सीईओका लागि ज्ञवालीसहित पाँच जना अन्तिम छनौटमा रहेका थिए । जसमा ज्ञवालीसहित विष्णु प्रसाद भट्टराई, रघु राज काफ्ले, रामदेव यादव र भिष्म राज ढुंगाना रहेका थिए ।

ज्ञवाली यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।