पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

२०८१ आश्विन २, बुधवार १२:०८ बजे

काठमाडौं- सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधवार बिहान १० :८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । यस अघि भदौ २८ गते बिहीवार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।