काठमाडौँ : उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा आज सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलवार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
हिजो जाहेरीकर्ता गौशाला २६ का तर्फबाट दुई सरकारी वकिल रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए भने लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, रामनारायण बिडारी, मुरारी सापकोटा, कृष्ण सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए ।
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।