पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

मोटरसाइकलको ठक्करबाट एक पुरुष गम्भीर घाइते

२०८१ श्रावण २०, आइतवार ०७:१८ बजे

जलेश्वर सर्राफ 

बारा- शनिवार राति जितपुरबाट वीरगंज तर्फ गईरहेको मोटरसाइकलको ठक्करबाट एकजना गम्भीर घाइते भएका छ्न्। तिव्रगतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई उक्त दुर्घटना भएको हो। 

रातिको ८:३५ बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका वडा न:-६ सिधरिया टोल बस्ने वर्ष २६ का शेष फर्मुल्लाहले चलाएको भे.९ प. ७१८२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा एक स्थानीय वतन नखुलेका भोला चौधरी गम्भीर घाइते भएका हुन्।

मोटरसाइकलमा पछाडिको सिटमा बसेका वर्ष १७ का जाकिर अन्सारीको स्थिति समान्य रहेकोे छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भोला चौधरीलाई उपचारको लागी वीरगंज पठाईएको जितपुर चौकीका सई प्रकाश खड्काले जानकारी दिएका छ्न्।

हाल मोटरसाइकल चालक शेष फर्मुल्लाह तथा मोटरसाइकल जितपुर प्रहरीको नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको जानकारी पाठशाला न्युजका सहकर्मीलाई जितपुर चौकीका स.ई प्रकाश खड्काले जानकारी गराएका छन्।