पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

२०८१ मंसिर १७, सोमवार ०६:५१ बजे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ काठमाडौं महानगरपालिकाको वडा नम्बर-१६ को वडाध्यक्षमा  निर्वाचित भएकी छन् । 

श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरेका छन्।

यस्तै, अर्का नेपाली काँग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएर चौथो भएका छन् ।