पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

देशभर धेरै जसो स्थानमा मौसम सफा रहने

२०८१ पौष १६, मङ्गलवार ०९:१० बजे

काठमाडौं- हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसका कारण मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भागमा मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना छ ।

राति पनि देशैभरीको मौसम सफा रहने सम्भावना रहेको छ । महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभाव रहे पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन ।