काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने गरी सत्तारूढ दलको बैठक बोलाएका छन्।
सरकारको सय दिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन्।
सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।