काठमाडौं- नेकपा(माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन्।
सुन तस्करी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका राहुल १४ महिना पछि रिहा भएका हुन्।
२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर ल्याएको सुन छुटाउन बारम्बार विमानस्थलका कर्मचरारीसँग राहुलले फोन सम्पर्क गरेको देखिएको थियो। उनलाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव पोख्रेलले उनलाई १४ महिना थुनामा राख्ने आदेश दिएका थिए। उनी पक्राउ परेको दिनदेखिको जेल सजाय गणना गरेर मंगलवार रिहा भएको कारागार स्रोतले जानकारी दिएको छ।