पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

भाइटीकाको शुभ साइत आइतवार ११ः३७ बजे

२०८१ कार्तिक १७, शनिवार ११:२५ बजे

काठमाडौं- भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिले यसपटकको भाइटीका पश्चिम मोहडा गरेर लगाउनुपर्ने पनि जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलवारदेखि सुरु भएको हो । बुधवार काग तिहार, बिहीवार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको थियो । शनिवार गाई/गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ मनाइँदैछ ।