पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

साडियो माने र क्रिस्टियानो रोनाल्डोको गोलसँगै अल नासरको शानदार जित

२०८१ आश्विन २०, आइतवार ०७:५१ बजे

काठमाडौं- साडियो माने र क्रिस्टियानो रोनाल्डोको गोलसँगै साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ओरोबाहमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा अल नासरले अल ओरोबाहलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यो जितपछि अल नासरको ६ खेलमा १४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै अल ओरोबाहको ६ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।