पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

इङ्‌ल्याण्डविरुद्ध पाकिस्तानको शानदार जित

२०८१ कार्तिक २, शुक्रवार १४:२६ बजे

काठमाडौं- पाकिस्तानले इङ्‌ल्याण्डलाई शुक्रवार भएको दोस्रो टेस्टको चौथो दिन १५२ रनले पराजित गरेको छ।

पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछ्याएको इङ्‌ल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।

इङ्‌ल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिएका थिए ।

यस टेस्टमा पाकिस्तानले पहिलो इनिङमा ३६६ रन बनाएको थियो भने इङ्‌ल्याण्डले पहिलो इनिङमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिङमा २२१ रन बनाएपछि इङ्‌ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ।