काठमाडौं- चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने औपचारिक भ्रमणका लागि चीनतर्फ प्रस्थान गरेका छन्।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी मंसिर १७ देखि २० गतेसम्मका लागि चीन भ्रमणमा गएका हुन्। प्रधानमन्त्री ओलीका साथमा उनकी धर्पमत्नी राधिका शाक्यका साथै ३९ जनाको सरकारी टोली पनि बेइजिङ प्रस्थान गरेको छ।
प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टुकडीले बिदाइ गरेको छ।
चीनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग पनि उनले द्विपक्षीय वार्ता गर्नेछन्।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य छिन्। त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ।