पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

काभा भलिबलमा नेपालले माल्दिभ्सलाई ३-० ले हरायो

२०८१ आश्विन २२, मङ्गलवार २३:१५ बजे

काठमाडौं- आज श्रीलङ्काको कोलम्बोमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै जीत हासिल गर्यो।

नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५-५, दोस्रो सेटमा २५-१२, र तेस्रो सेटमा २५-२० ले हरायो।

यस जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ। यसअघि नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३-० को सोझो सेटमा हराएको थियो। तर दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको थियो। 

तीनै खेलमा पराजित भएको माल्दिभ्स अङ्कविहिन छ। यसअघि माल्दिभ्सले तुर्किमेनिस्तान र श्रीलङ्कासँग पनि समान ३-० को सोझो सेटमा हार व्यहोरेको थियो।

छ वटा टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ।

अब नेपालले यही असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ।