पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

लागूऔषध बिक्री गरेको आरोपमा पूर्व सांसद ढाका कुमार श्रेष्ठ पक्राउ

२०८१ भाद्र २७, बिहीवार २०:५२ बजे

काठमाडौं- पूर्व सांसद ढाका कुमार श्रेष्ठलाई कास्की प्रहरीले लागूऔषध बिक्री गरेको आरोपमा बिहिवार पक्राउ गरेको छ।

रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरले श्रेष्ठको औषधि पसलबाट लागू औषध किनेको बयान दिएपछि निज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

साउन ३ गते पक्राउ परेका प्रकाश थापामगरले ट्रुपाइनको ९७ वटा चक्की पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरेको बयान दिए लगत्तै उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो।