पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

दार्चुलामा जिप दुर्घटना हुँदा सातको मृत्यु छ जना गम्भिर घाइते

२०८१ कार्तिक ३०, शुक्रवार ०८:०४ बजे

दार्चुला- दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । मृत्यु भएका छ जनाको परिचय खुलेको छ भने एक जनाको परिचय खुल्न बाँकी रहेको छ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेको छैन ।