पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यापारी मीनबहादुर गुरुङले गरे १० रोपनी ४ आना जग्गा दान, भवन समेत गुरुङले नै बनाईदिने

२०८१ आश्विन २५, शुक्रवार २०:४० बजे

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यापारी मीनबहादुर गुरुङले १० रोपनी ४ आना जग्गा दान गरेका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक एवं व्यापारी गुरूङले एमालेलाई जग्गा दान गरेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले शुक्रवार भवनको शिलान्यास गरे ।

एमाले महासचिव शंकर पोखरेलले जमिनका दाताले नै कीर्तिपुर वडा नम्बर २ स्थित मैत्री नगरमा बन्ने भवनको जिम्मेवारी लिएको जानकारी दिएका छन् ।

‘कीर्तिपुर वडा नम्वर २ मैत्री नगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास पार्टी अध्यक्ष तथा सम्माननीय केपी शर्मा ओलीले गर्नु भएको छ ।

मदन भण्डारी स्मृति भवनका रुपमा निर्माण हुने उक्त कार्यालय भवन एक वर्ष भित्र सम्पन्न गर्ने योजना छ,’ पोखरेलले शुक्रवार सामाजिक सञ्जालमा लेखेका छन् , ‘१० रोपनी १४ आना जमिनको दाता मीनबहादुर गुरुङ र सावित्री गुरुङ (भाटभटेनी)ले उक्त भवन निर्माणको जिम्मेवारी समेत लिनु भएको छ । दानवीर गुरुङ दम्पतिलाई धेरैधेरै बधाई।’