पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

पर्सा सुनचाँदी व्यवसायी संघको अधिवेशन सम्पन्न

२०८१ भाद्र २, आइतवार ११:२४ बजे

जलेश्वर सर्राफ 

वीरगंज- पर्सा सुनचाँदी व्यवसायी संघ पर्साको अधिवेशन सफलता पुर्वक सम्पन्न भएको छ। भुलन प्र. सोनार तथा प्रवेश सरार्फको विच रहेको चुनावी प्रतिस्पर्धा भुलन सोनारको जित पछि साम्य भएको छ।

पर्सा सुनचाँदी व्यवसायी संघको खसेको जम्मा ३२३ मत मध्ये भुलन सोनारले १६२ मत प्राप्त गर्दै प्रवेश सरार्फलाई १४९ मतमा सिमित पारी पराजित गर्दै जित हाशिल गरेका हुन्।

नव निर्वाचितहरु...

(१) अध्यक्ष:- भुलन प्रसाद सोनार

(२) उपाध्यक्ष:-कौशल किशोर सरार्फ

(३)उपाध्यक्ष:- जयप्रकाश सरार्फ

(४)महासचिव:- अनिल कुमार सरार्फ

(५) सचिव:- विकास कुमार सरार्फ

(६)कोषाध्यक्ष:- विजय कुमार सरार्फ

(७)सदस्य:- विजय कुमार सरार्फ(आदर्श)

मनोज कुमार साह सोनार

लक्ष्मण कुमार सरार्फ

विजय कुमार सरार्फ(भिम)

शशी प्रसाद सोनार

सुरज सरार्फ 

महिला सदस्य:- पुजा देवी

लगायतका रहेका छन्। प्रवेश सरार्फ पैनलका एकजना महिला सदस्य पुजा देवी तथा उपाध्यक्षमा जयप्रकाश सरार्फ विजयी भएका हुन। जितेका सदस्यहरुलाई निर्वाचीत अध्यक्ष भुलन प्रसाद सोनार तथा निर्वाचन अधिकृत अनिरुद्ध यादवले प्रमाणपत्र वितरण गरेका थिए।

नवनिर्वाचित अध्यक्ष भुलन प्रसादले जित पछिका मन्तव्य राख्ने क्रममा व्यपारीहरुलाई कुनैपनी किसिमको समस्या आईपरेमा निर्धक्क भएर आफ्नो समस्यालाई अवगत गराउन आग्रह गरेका थिए।