पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

बर्षा नरोकिएपछि आन्तरिक उडान अझै बन्द

२०८१ आश्विन १२, शनिवार ०८:४८ बजे

काठमाडौं- लगातारको वर्षापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आजपनि बन्द गरिएको छ । 

वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । 

अन्तर्राष्ट्रिय तर्फ भने शनिवार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

यस अघि भारी बर्षापछि शुक्रबार साँझ ७ बजेदेखि शनिवार बिहान ६ बजेसम्म आन्तरिक उडान बन्द गरिएको थियो ।