काठमाडौं- नेपाल सरकारले बिपदमा परेर ज्यान गुमाएकाहरुको सम्मानमा राष्ट्रिय शोक घोषणा गरेसँगै सोमवार अबेर बसेको मन्त्रिपरिषद वैठकले अविरल वर्षाका कारण भएको क्षतिको विषयमा निर्णय गरेको छ। भने घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।
वैठकले राष्ट्रिय सोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए।
वर्षाका कारण गम्भीर घाइतेको सम्पूर्ण उपचार नेपाल सरकारले व्यहोर्ने पनि उनले बताए। खानेपानी, सडक, पुल, दुरसञ्चार, विद्युतको मर्मत सम्हार तत्काल गर्ने लगायतका निर्णय वैठकले गरको छ ।
रोग फैलन नदिन रोकथामका उपाय अपनाउने, खोला नदी आसपासका बाढी प्रभावित परिवारलाई प्रदेश सरकार र स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा स्थानातरण गर्ने, यातायात सुचारु सहज गर्ने, कालोबजारी रोक्न आवश्यक पहल गर्ने लगायतका निर्णय वैठकले गरेको छ ।