पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

खेलकुल सचिवले हिजाेकाे कार्यक्रममा सांसदको अपमान गरेः सांसद कल्पना मियाँ

२०८१ श्रावण २९, मङ्गलवार १४:०७ बजे

काठमाडौं- सांसद कल्पना मियाँ कुसहारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले अपमान गरेको बताएकी छिन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेका छन् । 

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिदैन भने अपमान कम्तिमा नगरौं, हामी (सांसद)लाई अपमान हुने कार्यक्रम अब देखी नराखौं,’ उनले संसदमा भनिन्।