पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

एसी मिलान र इन्टर मिलान इटालियन सुपर कपको फाइनलमा भिड्ने

२०८१ पौष २०, शनिवार ०८:२१ बजे

काठमाडौं- इटालियन सुपर कपको उपाधिका लागि एसी मिलान र इन्टर मिलान भिड्ने भएका छन् ।

इन्टर मिलानले एटलान्टालाई पराजित गर्दै फाइनलमा अघिल्लो दिन नै स्थान बनाएको थियो । शनिवार विहान सकिएको खेलमा इन्टर मिलानले युभेन्टसलाई २–१ गोलको पुनरागमन जीत दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो । 

साउदी अरेबियाको राजधानी रियादमा भएको सेमिफाइनल खेलमा एसी मिलान १गोलले पछि परेको थियो ।

खेलको २१ औं मिनेटमा युभेन्टसका खेलाडी केनान यिल्डिजले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।  

७१ औं मिनेटसम्म मिलानले गोल फर्काउन सकेको थिएन । तर, पूर्व–मिलान खेलाडी म्यानुअल लोकाटेलीले क्रिस्टियन पुलिसिचलाई फउल गरेपछि मिलानले पेनाल्टी पायो । पुलिसिचले पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।  

चार मिनेटपछि, युनुस मुसाहको दायाँतर्फबाट आएको क्रसमा युभेन्टसका फेडेरिको गाट्टीले गोल गरेपछि मिलानले खेलमा २–१ को अग्रता लिन सफल भयो । सोही अग्रता अन्तिमसम्म कायम राख्दै एसी मिलानले इन्टर मिलानसँगको भेट पक्का गर्न सफल भयो ।

फाइनल खेल सोमवार राति हुने छ ।