पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने

२०८१ मंसिर २७, बिहीवार ०७:२३ बजे

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघको (फिफा) लउसेनमा बसेको विशेष साधारणसभाले गरेको निर्णय अनुसार सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो।

सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्नेछन् । यो निर्णय यसअघि नै भइसकेको छ ।

स्पेन, पोर्चुगल र मोरक्कोमा हुने सन् २०३० को विश्वकपका केही खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन् । विश्वकप आयोजनाको सय वर्षको अवसरमा तीन खेल यी देशमा हुने भएका हुन् ।