पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

हुम्ला र मुस्ताङ बाहेक देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो

२०८१ भाद्र १५, शनिवार १०:२१ बजे

काठमाडौं- डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक देशभर सङ्क्रमितको संख्या पाँच हजार नाघेको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङ बाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण बढेको छ।

डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ।

कोशी प्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ। काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालले जानकारी दिए।